कोरोना संक्रमणबाट विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो लहर सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ४५ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार