भारतमा बसेर नेपालमा हतियार र लागुऔषध कारोबार गर्ने एक जना पक्राउ « Khabarhub

भारतमा बसेर नेपालमा हतियार र लागुऔषध कारोबार गर्ने एक जना पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – भारतमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गरेको अभियोगमा ‘बग्गा’ भनिने भारतीय नागरिक प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्ने मुख्य नाईके हुन् ।

विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको खड्काले बताए । प्रहरीका अनुसार यादव भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्छन्।

प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा विचाराधीन छ । विशेषगरी १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागुऔषधको कारोबारको सञ्जाल विस्तारमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका-१९ का मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखेको अटोमेटिक पेस्तोल पठाएका थिए।

यादवले सुनसरी इटहरी उपमहानगरपालिका-१२ खनारका ३५ वर्षीय सुशीलकुमार साहुमार्फत पठाएको अनुसन्धानमा खुलेको प्रहरीले दाबि गरेको छ । यादवलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ३ : ३५ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा