साढे तीन महिनापछि सुकेटारमा हवाई उडान « Khabarhub

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । 

मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले आजदेखि नियमित उडान सुरु गरेको हो । 

काठमाडौँबाट १३ यात्रु लिएर सुकेटार आएको जहाजले पाँच यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए ।
 
यसअघि साताको सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएकामा नयाँ तालिकाअनुसार यही असोज १५ गतेदेखि साताको सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ । काठमाडौँ–ताप्लेजुङ हवाई भाडा दर १२ हजार २७० तथा ताप्लेजुङ–काठमाडौँ भाडा दर रु १२ हजार ७० कायम गरिएको छ ।
 
पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिँदै आएको छ । जहाजको अभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ ।

नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समस्या हुने गरेको छ । पाथीभरा, कञ्चनजङ्घालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित छन् । 

नियमित उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : २५ बजे

तस्बिरमा हेर्नुहोस्, चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ