६ जिल्लामा ५ सय बढी कोरोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त « Khabarhub

६ जिल्लामा ५ सय बढी कोरोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
सर्लाही

यसैगरी हालसम्म ३ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । जसमा म्याग्दी, मुस्ताङ र हुम्ला रहेका छन् । ती जिल्लामा रहेका सबै कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा आइतबार  थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ५४ बजे

बिदेसिएका युवालाई सभामुखले भने- नेपाल फर्कन तयारी हुनुहोस्

मलेखु– सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा