क्यानद्वारा खेलाडीसहित ५१ को कोरोना बीमा « Khabarhub

क्यानद्वारा खेलाडीसहित ५१ को कोरोना बीमा


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो ।

क्यानले विज्ञप्तिमार्फत कोरोना बीमा गरिएको जनाएको हो । दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरेको हो ।

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो । महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ ।

यसैबीच क्यानले केही समय अघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ ।

आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो । लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले जनाएको छ । पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : १५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको