काठमाडौं उपत्यकामा बिहान ९ः१५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने « Khabarhub

काठमाडौं उपत्यकामा बिहान ९ः१५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गराउन लगाएको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।

गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

यस्तो छ विज्ञप्ति-

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ५८ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ