दुबई विमानस्थलमा अलपत्र २६४ नेपाली स्वदेश फर्किए « Khabarhub

दुबई विमानस्थलमा अलपत्र २६४ नेपाली स्वदेश फर्किए



दोहा – संयुक्त अरव इमिरेट्स (यूएई)को दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द हुँदा अलपत्र परेका २६४ नेपाली आज स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरु नेपाल फर्किएका छन् ।

स्वदेश फर्किनको लागि २७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको बताइको छ ।

यस्तै, सो जहाजमा यूएईमा विभिन्न समयमा मृत्यु भएका दुई नेपालीको शव पनि रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्थापन नभएको सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका उनीहरु अलपत्र परेका थिए।

विमानस्थिलमा यात्रुहरु अलपत्र पारेर विमान रित्तै फर्किएपछि सरकारको व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : १३ बजे

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत