संक्रमितप्रति सकारात्मक व्यवहार गर्न आग्रह « Khabarhub

संक्रमितप्रति सकारात्मक व्यवहार गर्न आग्रह


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देहीले प्रदेशका जिल्लामा समूदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिनेक्रम बढदो रहेकाले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियुसहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ ।

स्थानीय पालिकालाई समयमै क्वारेन्टिन र आइसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउनसमेत आग्रह गरिएको छ । यस कार्यका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भुमिका निर्वाह गर्न नेकपाले निर्देशन जारी गरेको छ ।

पार्टी जिल्ला कमिटी कार्यालयको आज बुटवलमा बसेको बिस्तारित बैठकपछि प्रचार विभाग प्रमुख मोहन चापागाईँद्धारा जारी विज्ञप्तीमा डिसीसीएमसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको जनाइएको छ ।

बैठकले जिल्लाका विभिन्न ठाउँमा देखिएका सङ्क्रमितप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महशुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, सामाजिक संघसंस्था र टोलवासीलाई आग्रह गरेको प्रवक्ता चापागाईँले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्षसहितको प्रतिवेदन बुझाएकामा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

पार्टी जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले केन्द्रमा देखिएका सम्पूर्ण विवादको समाधान कार्यदलले पेश गरेको प्रतिवेदनले कार्यकर्तालाई उत्साह थपेकाले अब कार्यकर्ताले उत्साहपूर्वक पार्टी काममा लाग्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको मुख्य कार्यभार महामारी विरूद्वको लडाई भएको बताउँदै स्थानीय, प्रदेश, संघीय सरकार, राजनैतिक पार्टी तथा सामाजिक संस्थासमेत हातेमालो गरेर यो लडाई जित्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ५८ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै