मध्यपूर्वका देशमा अझै १ लाख बढी नेपाली उद्धारको पर्खाइमा « Khabarhub

मध्यपूर्वका देशमा अझै १ लाख बढी नेपाली उद्धारको पर्खाइमा



दोहा – गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाख भन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

गैरआवासीय नेपाली संघको कोभिड -१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा उद्धारको पर्खाइमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् ।

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए ।

नेपालमा आफन्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : ५३ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि