पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- मङ्गलबार साँझदेखि लगातार परेको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो ।

दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारी साधनहरु रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन् ।

अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ३५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि