विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ ।

एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १७ हजार ४४० जनाको मृत्यु भएको छ । ४५ लाख ३६ हजार १०० जना संक्रमित भएकोमा २४ लाख १३ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १ हजार १८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख ६५ हजार ४२५ पुगेको छ । त्यसमध्ये ५३ लाख १९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ८० हजार ५५९ जनाको मृत्यु भएको छ । ९६ लाख ८३ हजार ७७ जना संक्रमित भएकोमा ८० लाख ५ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार ८४२ जनाको मृत्यु भएको छ । ७६ लाख २७ हजार ७२३ जना संक्रमित भएकोमा ६४ लाख ४६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ३७८ जनाको ज्यान गएको छ भने १४ लाख २७ हजार ६२० संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ७३ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८९० जनाको मृत्यु भएको छ । ३० हजार ७४५ जना संक्रमित भएकोमा २७ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : १० बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन