आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै (रूटसहित) « Khabarhub

आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै (रूटसहित)


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।

कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए ।

यस्तो छ रूट

तत्काललाई काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू गर्न लागेको हो ।

यस्तो छ यात्रुले पालना गर्नु पर्ने नियम

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि