नेपाली भूमिमा संरचना नबनाएको चीनको प्रष्टोक्ति « Khabarhub

नेपाली भूमिमा संरचना नबनाएको चीनको प्रष्टोक्ति


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको लाप्चामा पर्ने नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवन बनाएका समाचारहरूमा सत्यता नभएको चीनले जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति जारी गरेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख छ ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि प्रष्ट्याएको छ । चीनले सधै नेपालको सम्प्रभूता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेसमेत विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : २४ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि