सडक २ समीक्षा : छरपष्ट कथाको दिशाहीन फिल्म | Khabarhub Khabarhub

सडक २ समीक्षा : छरपष्ट कथाको दिशाहीन फिल्म


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा नातावादका विषयले चर्चा पायो ।

यस विषयको विवादका बिचमा महेश भट्टको फिल्म सडक २ को ट्रिजर सार्वजनिक भयो । जसले सर्वाधिक डिसलाइकको रेकर्ड बनायो । आखिर कस्तो छ यो फिल्म ?

निर्देशक : महेश भट्ट
कलाकार : संजय दत्त, आलिया भट्ट, आदित्य राय कपूर

२१ वर्र्षपछि महेश भट्टले फेरी फिल्म निर्देशन गरेका थिए । कुनै जमानामा चर्चाका निर्देशकले निर्माण गरेको फिल्मले दर्शकलाई उत्साहित बनाउनु पर्ने थियो । जब उनको सडक २ को घोषणा भयो सबैले उनको फिल्म सफल हुने अनुमान गरेका थिए ।

अझ फिल्ममा सञ्जय दत्त र आलिया भट्ट हुने भएपछि दर्शकको यसको ब्यग्र प्रतिक्षामा हुनु पथ्र्याे । तर १४ जुनको घटनाले सबै उल्टो भयो ।

सुशान्तको मृत्युपछि बलिउडमा नेपोटिज्मको विवाद चुलियो । यस विवादको पहिलो शिकार बन्यो फिल्म सडक २ । यसको ट्रिजरले डिसलाइकमा नयाँ रेकर्ड बनायो ।

सन् १९९१ मा महेश भट्टको फिल्म सडक रिलीज भएको थियो । फिल्ममा रवि (संजय दत्त) र पूजा (पूजा भट्ट) को प्रेम कहानी सबैले रुचाए ।

फिल्म निर्माणको २१ वर्षपछि बनेको फिल्म सडक २ मा रविको भुमिका उस्तै छ । यसमा पात्र परिवर्तन गरी आलियालाई आर्या र आदित्य राय कपूरलाई विशाल बनाई कथामा जोडिएको छ ।

यस पटक फिल्ममा अन्धविश्वासमा जोड दिइएको छ । फिल्मको पुरा कथा यहि मुद्दाको आसपासमा रहेको छ । फिल्ममा ज्ञान प्रकाश (मकरंद देशपांडे) एक बाबा छन् । उनले मानिसलाई भगवानसंग कुरा गर्न सक्ने बताउँछन् ।

बाबाले आर्यालाई अन्धविश्वासको आडमा आमाको मृत्युको कारण बताउछन् । तर आर्यालाई आमाको मृत्यु बाबाको कारण भएको शंका हुन्छ । यसैबिच फिल्ममा रवि द टैक्सी ड्राइवरको प्रवेश हुन्छ । आर्या कैलाश मानसरोवर जान प्रेमी विशालका साथमा रविसंग जान्छन् । यसको बिचबिचमा पूजा संगको प्रेम कहानी पनि देखाइएको छ ।

यात्राको क्रममा रवि, आर्यालाई छोरी समान प्रेम गर्दछन् । आर्या पनि रविको सल्लाह मान्दछिन् । विशाल र आर्याको फिल्ममा एक मिसन देखाइएको छ । त्यसमा रविले पनि साथ दिन्छन् ।

कहाँ चुके महेश भट्ट ?
महेश भट्टको फिल्ममा हुने गरेको भावानात्मक दृष्य उनको विषेशता हो । तर सडक २ मा महेश यस विर्षयमा चुकेका छन् । उनले फिल्ममा सस्पेन्स, भावानात्मक, द्धन्द्ध र सन्देश दिने प्रयासमा तयार पारेको मिश्रण फिल्म सफल रहन सकेन । यसको कथामा छरपष्टता भेटिन्छ ।

सञ्जय फिल्ममा आर्कषण रहेका छन् । तर आलिया पुरा फिल्ममा कमजोर मात्र छैनन् भुमिकामा समेत उनको स्थिरता कायम छैन । आदित्य फिल्ममा हुनु वा नहुनले कुनै असर पार्दैन । उनी केवल गीतका निम्ती मात्र राखिएका छन् । बाबाको भुमिका रहेका मकरंद देशपांडेले ठिकै काम गरेका छन् । समग्रमा सडक २ दिशाहीन फिल्म बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ५७ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने