यस्तो छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको प्रस्तावित डिजाइन « Khabarhub

यस्तो छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको प्रस्तावित डिजाइन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन सार्वजानीक गरेका हुन् ।

मन्त्री भट्टराईले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझावसमेत मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ। उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्छ ।

मन्त्री भट्टराईले विभिन्न शैलीका डिजाइन फेसबुकमा राखेपछि रुपन्देहीका बासिन्दाहरुले टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिएका छन् । भवनको डिजाइन र अरू काम संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयबाटै भइरहेको छ ।

बौद्ध दर्शनका शिक्षकहरुले भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकछेउमा बन्ने दोस्रो टर्मिनल भवनमा बुद्धको ठूलो मुर्ति पनि समेट्न सके सुनमा सुगन्ध हुने सुझाएका छन् ।

‘लुम्बिनी पुग्ने अधिकांश विदेशी पर्यटक यात्रा गर्ने सडकबाट प्रष्ट देखिने ठाउँ भएकाले विशाल बुद्ध मुर्ति राख्दा सकारात्मक छाप पार्न सकिन्छ,’ स्थानीयबासिन्दा रामु अधिकारीले भने । पर्यटन मन्त्रालयबाट आएको टोलीले टर्मिनल भवन बनाउने स्थानको माटो परीक्षण गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान गर्न बाँकी छ । विदेशी प्राविधिक र उपकरण समयमै आएकोमा सन् २०२१ शुरु भएमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका थिए । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने आयोजना प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ४५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि