रामहरि श्रेष्ठ हत्या प्रकरण: बटालालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन « Khabarhub

रामहरि श्रेष्ठ हत्या प्रकरण: बटालालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तत्कालीन जनमुक्ति सेनाका तेस्रो डिभिजन शक्तिखोजका ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालालाई रामहरि श्रेष्ठको हत्यामा सफाइ दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले गत भदौमा फैसला पुनरावलोकनका लागि निवेदन दिए पनि अहिले मात्र यसबारेमा खुलासा भएको हो ।

रामहरि श्रेष्ठको हत्या मुद्दाको फैसलामा अदालतले आफैले स्थापित गरेको नजिर वा कानूनी सिद्धान्त प्रतिकुल भएको पुनरावलोकन निवेदनमा उल्लेख छ ।

सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ फागुन १८ गते बटालालाई सफाइ दिने फैसला गरेको थियो । ‘प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न आएको देखिँदैन,’ फैसलामा भनिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ४८ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ