स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो « Khabarhub

स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् ।

मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको बदलिँदो अवस्थाबारेमा अनुगमनका क्रममा पाठकसहितको टोली इलाम आएको हो ।

मानवअधिकार आयोगका पदाधिकारीको टोलीले इलाम कारागारको अनुगमन गरेको सहित सरोकारवालासँग छलफलसमेत गरेको छ । कारागारमा आइसोलेसन र क्वारेन्टिन छ या छैन भन्नेबारे साथै यसको गुणस्तरका विषयमा अनुगमन गरिएको हो ।

कारागारमा रहँदा कोरोनापछि भोग्नुपरेका समस्या र कोभिडले निम्त्याएको असरका विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । कारागारका कैदीले आन्तरिक प्रशासनअन्तर्गत पाउनुपर्ने सेवासुविधा विगतका दिनमा पाए पनि हाल नपाएको भन्दै गुनासो गरेका छन् ।

कैदीका तर्फबाट आयोगका पदाधिकारीलाई नौँ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ ।

सो कारागार १२० कैदी अटाउन सक्ने क्षमताको भए पनि २४० बढी कैदी भएका कारण समस्या भएको कैदीहरुको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले कानूनी केही बाधा रहे पनि व्यवहारिक पक्षमा समेत ध्यान दिएर काम गर्ने गरेको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीनराज राईले इलाममा असहज परिस्थिति नरहेको बताए । उनले थुनुवा तथा कैदीको खचाखचको स्थिति नरहेको जानकारी गराए ।

कारागार अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफलका क्रममा कारागारका तर्फबाट जेलर प्रदीप श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बाहिरी भेटघाट बन्द गरिएको बताए । उनले स्वास्थ्यकर्मीको दरबन्दी भए पनि कर्मचारी नहुँदा समस्या नभएको जानकारी गराए ।

कारागारमा गाडीको व्यवस्था नहुँदा झनै समस्या भएको उनको भनाइ छ । त्यस्तै जिल्ला सरकारी वकिल युवराज महतले कोरोना संक्रमण शुरु भएपछि कारागार र अदालतमा भीडभाड कम गराउन प्रयत्न भएको बताए ।

कानूनी केही बाधा रहे पनि सहजीकरण भइरहेको उनको भनाइ छ । मानवअधिकार आयोगले मंगलबारबाट झापासहित इलाम हुँदै देशका २७ जिल्लाको अनुगमन गर्ने गरी काम थालेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ५४ बजे

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका