स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम | Khabarhub Khabarhub

स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ ।

जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उनले भने, “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।”

नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार हाल कक्षा एकको पाठ्यक्रम निर्माण सम्पन्न भईसकेको र यही शैक्षिक सत्रदेखि पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमूख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो ।

पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ । तयारी सम्पन्न कक्षा एक को पाठ्यक्रम निर्माण भईसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सातवटा विषयलाई समावेश गरिएको छ ।

यस वर्ष कक्षा २ र ६ को पाठ्यक्रम पुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि शुरु गरिने नगरपालिकाले जनाएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ ।
स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने विश्वास गरिएको नगर प्रमुख पाण्डको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : ४७ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको