मिडिया सोसाइटी विभाजित, भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स गठन | Khabarhub Khabarhub

मिडिया सोसाइटी विभाजित, भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स गठन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी क्षेत्रका सञ्चार उद्यमीहरूको संस्था मिडिया सोसाइटी नेपाल विभाजित भएको छ । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया सोसाइटी नेपालमा पदाधिकारी रहिसकेका सञ्चार उद्यमीहरूसमेतको संलग्नतामा ‘मिडिया एलाइन्स नेपाल’ गठन भएको छ ।

मिडिया एलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेसन अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन् । इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईं महासचिव र इम्प्रेसन पब्लिकेसन तथा मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल शर्मा कोषाध्यक्ष रहेका छन् ।

सदस्यहरूमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका डा. विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् ।

अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली सल्लाहकार रहेका छन् ।

एलाइन्स उपाध्यक्ष रहेका राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचन मिडिया सोसाइटी नेपालका अध्यक्ष भएका थिए । इम्प्रेसन पब्लिकेशन एण्ड मिडिया प्रालिका शर्माले सोसाइटीमा महासचिव र उपाध्यक्ष पद सह्मालिसकेका छन् । इमेज च्यानल पनि सोसाइटीमै आबद्ध थियो ।

एलाइन्सको उपाध्यक्ष रहेका कँडेल पनि सोसाइटीमा उपाध्यक्ष रहिसकेका थिए ।

एलाइन्समा उल्लिखित संस्थाहरूसहित सगरमाथा टेलिभिजन, कामना न्युन, यो हो टेलिभिजन, हिमालय टेलिभिजन, अन्नपूर्ण एफएम, विजनेश प्लस लगायत २० वटा संस्था आवद्ध रहेको जनाइएको छ ।

मिडिया सोसाइटी नेपाल सन् २००३ मा कामना न्युजका प्रमुख पुष्करलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको थियो । सोसाइटीको वर्तमान कार्यसमिति अघि पनि अध्यक्ष रहेका श्रेष्ठले राजीनामा गरेर पदत्याग गरेका थिए । संस्थापक अध्यक्ष श्रेष्ठको संस्था कामना न्युज पनि एलाइन्समा सहभागी भएको छ ।

बुधबार जारी विज्ञप्तिमा मिडिया एलाइन्स, मिडियासँग आवद्ध आम नेपाली जनता, पाठक, दर्शक तथा श्रोताको यस क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको पनि संस्था भएको उल्लेख गरिएको छ ।

सञ्चार उद्यममा देखापरेका साझा समस्याको समाधानमा गर्ने उद्देश्यले संस्था गठन गरिएको बताइएको छ ।

विज्ञप्तिमा सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै सञ्चार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्ने संस्थाको उद्देश्य रहेको उल्लेख गरिएको छ । सञ्चारसम्बन्धी नीति, ऐनकानुन निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानुन निर्माणका लागि सहयोग तथा पहल गर्ने र सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र जनउत्तरदायी हुने कानून तथा नीति निर्माणमा पहल गर्ने भएको छ ।

यसै गरी, सञ्चार माध्यमहरूलाई आत्मनिर्भर बनाई लगानीको संरक्षण गर्ने तथा यस क्षेत्रमा हुने अपारदर्शी र कुल विज्ञापन बजारले धान्नेभन्दा बढी संख्यामा सञ्चार माध्यम खोल्ने प्रवृत्ति निरुत्साहित गर्न र अपारदर्शी लगानी रोकी पारदर्शी बनाउनेतर्फ पहल गर्ने लगायत ३० वटा उद्देश्यहरू उल्लेख गरिएका छन् ।

मिडिया सोसाइटी नेपालमा एबिसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेल अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ०७ बजे

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत

आज निर्जला एकादशी, तुलसीको दल राखिँदै

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा शनिबार तुलसीको दल

‘बकर ईद’ समुदाय विशेष मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको

विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

रौतहट– रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला