एक वर्षमा २२ बालबालिकाका गहना लुट्ने महिला पक्राउ, थिइन् प्रहरीको खोजी सूचीमा | Khabarhub Khabarhub

एक वर्षमा २२ बालबालिकाका गहना लुट्ने महिला पक्राउ, थिइन् प्रहरीको खोजी सूचीमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।

म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजुरी दिएका थिए ।

उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन ।

चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्य गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ ।

प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिना दर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका निज विकको पसलबाट रु ३० हजारसहित चुडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका विकलाई समेत प्रहरीले म्याद थप गरी अनुन्धान थालेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : १० बजे

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को