आईपीएल : मुम्बई र कोलकाता आमनेसामने हुँदै, हेड टु हेडमा मुम्बई बलियो « Khabarhub

आईपीएल : मुम्बई र कोलकाता आमनेसामने हुँदै, हेड टु हेडमा मुम्बई बलियो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएल मा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ ।

यसअघि एक खेल खेलिसकेको मुम्बई कोलकाताविरुद्ध जीत निकाल्ने लक्ष्यमा छ यस्तै, मुम्बईसँग खेल्दै यो सिजनको सुरुवात गर्न लागेको कोलकाता सुखद् सुरुवातको योजनामा छ ।

मुम्बई यसअघि पहिलो खेलमा चेन्नाई सुपर किङ्स सँग पराजित भएको थियो ।

साविक विजेता टोली मुम्बईको टोलीको नेतृत्व भारतिय क्रिकेट टीमका ओपनर रोहित शर्माले गरिरहेका छन् भने कोलकाताको कप्तान दिनेश कार्तिक छन् ।

मुम्बई आईपीएलको सफल टोली हो । तर, पनि आजको खेलमा यी दुई टोलीबीच को बलियो भन्नेमा क्रिकेट विश्लेषकका आ–आफ्नै विचार छन् ।

विदेशी खेलाडीसहितको सन्तुलित टोलीका रुपमा कोलकता रहेको छ भने मुम्बईमा भारतकै पनि ठूला क्रिकेटर छन् ।
कोलकातामा अलराउण्डर आन्दे रसेल, इयोन मोर्गन, पेट कुमिन्स र सुनिल नाराने जस्ता खेलाडी छन् भने मुम्बईमा कप्तान शर्मा, हार्दीक पाण्ड्या, क्विन्टन डि कक, जस्प्रीत बुम्राह, किरन पोलार्ड जस्ता खेलाडी छन् ।

यी दुई टोलीले आईपीएलमा खेलेको खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । जसमा अहिलेसम्म मुम्बई र कोलकाताले २५ खेल खेलेका छने । त्यसमा १९ खेल मुम्बईले जितेको छ भने ६ खेल मात्रै कोलकाताले जितेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ०५ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो