अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ « Khabarhub

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भएको दाबी दोहोर्‍याएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानले युद्ध हारिरहेको उल्लेख गरेका छन् । ट्रम्पको दाबी अनुसार इरानको नौसेना, वायुसेना र मिसाइल कारखानाहरू अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।

अल्लाहलाई पुकार्दै उनले इरानका पुराना नेताहरू पनि अब नरहेको टिप्पणी गरेका छन् । अहिले पाकिस्तानमा इरान र अमेरिकाबीच स्ट्रेट अफ हर्मुज खुलाउने विषयमा वार्ता भइरहेको छ।

ट्रम्पले भने अमेरिकाले नै उक्त समुद्री मार्ग सफा गर्ने प्रक्रिया सुरु गरेको बताएका छन् । उनले यसलाई चीन, जापान र जर्मनी जस्ता देशहरूका लागि गरिएको सहयोगको रूपमा व्याख्या गरेका छन् ।

इरानसँग यो काम गर्ने हिम्मत र इच्छाशक्ति नभएको उनको आरोप छ। अहिले धेरै देशका खाली तेल जहाजहरू तेल भर्नका लागि अमेरिकातर्फ आइरहेको उनले जानकारी दिएका छन् ।

ट्रम्पले सञ्चारमाध्यमहरूको पनि कडा आलोचना गरेका छन् । केही मिडियाले इरान बलियो भएको भन्दै झुटो प्रचार गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ०४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका