२५ हजार सक्रिय संक्रमित पुगे फेरि एक महिना ‘लकडाउन’ गर्न सिफारिस « Khabarhub

२५ हजार सक्रिय संक्रमित पुगे फेरि एक महिना ‘लकडाउन’ गर्न सिफारिस


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : १५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा