गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण « Khabarhub

गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा तनहुँका ११, बाग्लुङका आठ, कास्कीका पाँच, पर्वतका चार र स्याङ्जाका तीन जना छन् । प्रदेशमा हालसम्म ६४ हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

सङ्क्रमित मध्ये दुई हजार ३२९ निको भएका छन् भने एक हजार २१८ जना सक्रिय सङ्क्रमित छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ०० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा