खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता « Khabarhub

खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बुटवल- कपिलवस्तुको कपिलधाम, भलवाडमा कोइली खोलामा रहेको कजवे पुलमा बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाउँदा एक जनाको मत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

वाणगङ्गा नगरपालिका वडा-७, कपिलधाम जाँदै गरेको वा१ञ १०८९ नम्बरको को गाडी गाडी कोइली खोलाको कजवे पार गर्ने क्रममा बगेको हो ।

उक्त घटनामा गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका-५ का ३५ वर्षीय माधव पाण्डेको ज्यान गएको छ । बाढीले गाडीसँगै बगाएका कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-१३ का ६२ वर्षीय जितबहादुर भाट क्षेत्री बेपत्ता छन् ।

गाडीमा सवार अन्य चारजना भने पौडेर बाँचेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

पौडेर ज्यान जोगाउनेमा २८ वर्षीय विजय पोखरेल, ३९ वर्षीय परशुराम चौधरी र ३२ वर्षीय कपिल पन्त रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बनगाईदेखि ८ किलोमिटर उत्तरतर्फबाट बगाएको उक्त गाडी फेला नपरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कजवे तर्ने क्रममा देवीराम पोखरेलको लु१२प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको छ । वाणगङ्गा-९ भलवाड, कपिलवस्तु जिल्लाको सुगम वडा भए पनि वर्षातको समयमा दुर्गमको क्षेत्रजस्तै हुने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ५५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या