साउदी अरबले लगायो तीन देशमाथि यात्रा प्रतिबन्ध | Khabarhub Khabarhub

साउदी अरबले लगायो तीन देशमाथि यात्रा प्रतिबन्ध


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाई भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ०७ बजे

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस