नक्कली नोटसहित २ जना पक्राउ « Khabarhub

नक्कली नोटसहित २ जना पक्राउ


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बारा- नक्कली नोटसहित बारामा २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।

बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो एसपी पंगेनीले भने ।

चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ ।

उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको बताएका छन् । मोबाइल खरिद गर्ने व्यक्तिले नोट दिई ३० थान मोबाइल लिई फरार भएको पक्राउ परेकाहरूको दावी छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । मोबाइल लिई भागेका भनिएका व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ४४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या