कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति « Khabarhub

कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि रेम्डिसिभिरको प्रयोगका लागि अमेरिकाले पूर्ण स्वीकृति दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले संक्रमितको उपचारमा रेम्डिसिभिरको प्रभावकारिता कम रहेको बताइरहँदा अमेरिकाले भने सोही औषधिको प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएपछि रेम्डिसिभिर प्रयोगमा पूर्ण स्वीकृति दिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डिसिभिरसहितका औषधि दिइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : २५ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार