आईपीएलमा आज मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

आईपीएलमा आज मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा गर्दै


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र साविक चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर शीर्ष दुई टिमसँग अंक बराबरी गर्न चाहन्छ ।

मुम्बई चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।

चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्नसमेत जित्नै पर्ने दबाब रहेको छ ।

चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।

मुम्बईविरुद्धको यस खेल चेन्नईका लागि २ सय टी-ट्वान्टी खेल हुनेछ । चेन्नईले १ सय ९९ खेलमा १ सय १८ जित निकालेको छ ।

चेन्नईले मुम्बईविरुद्ध धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १२ : ४३ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको