आईपीएलमा आज मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा गर्दै « Khabarhub

आईपीएलमा आज मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा गर्दै


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र साविक चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर शीर्ष दुई टिमसँग अंक बराबरी गर्न चाहन्छ ।

मुम्बई चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।

चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्नसमेत जित्नै पर्ने दबाब रहेको छ ।

चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।

मुम्बईविरुद्धको यस खेल चेन्नईका लागि २ सय टी-ट्वान्टी खेल हुनेछ । चेन्नईले १ सय ९९ खेलमा १ सय १८ जित निकालेको छ ।

चेन्नईले मुम्बईविरुद्ध धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १२ : ४३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी