मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।

ती पुरूषमा कात्तिक ५ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आजै बिहान ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए ।

मृतक महिला असोज २९ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै चितवनमा पनि थप एक संक्रमित पुरूषको मृत्यु भएको छ ।

घरमै आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीबार बेलुकी १० बजे १५ मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै रहँदा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएर आइसीयूमा भर्ना गरिए लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : १८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर