हराउँदै पिङ संस्कृति « Khabarhub

हराउँदै पिङ संस्कृति


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो ।

विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।

दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, “दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।”

यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उनको भनाइ छ ।

प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् । विगतमा वर्षेनी दशैँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका –३ गाउँशहरका बासिन्दा बताउँछन् ।

स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन ।

यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड –१९ का कारण पिङ नबनाइएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : ४५ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै