हराउँदै पिङ संस्कृति « Khabarhub

हराउँदै पिङ संस्कृति


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो ।

विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।

दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, “दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।”

यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उनको भनाइ छ ।

प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् । विगतमा वर्षेनी दशैँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका –३ गाउँशहरका बासिन्दा बताउँछन् ।

स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन ।

यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड –१९ का कारण पिङ नबनाइएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : ४५ बजे

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

रसुवा– जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा

मधेस प्रदेशमा ६७ कानुन निर्माण

महेन्द्रनगर– मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका