पेभिलियन मिडियाद्वारा बहराइनी राजकुमार खालिफाको सम्मान | Khabarhub Khabarhub

पेभिलियन मिडियाद्वारा बहराइनी राजकुमार खालिफाको सम्मान


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पेभिलियन मिडिया प्रालिले बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई सम्मान गरेको छ ।

राजकुमार खालिफाको टोलीले नेपालका मनास्लु र लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पेभिलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठले राजकुमार खालिफालाई सम्मान गरेका हुन् । अध्यक्ष श्रेष्ठले राजकुमार खालिफालाई उपहार प्रदान गरे ।

बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई सम्मान गर्दै पेभिलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठ ।

उक्त अवसरमा राजकुमार खालिफाले अध्यक्ष श्रेष्ठ र पेभिलियन मिडिया प्रालिलाई धन्यवाद दिए ।

राजकुमार खालिफा र उनको टोली यही अक्टोबर १५, बिहान ६ः१० बजे ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेको थियो । यसैगरी राजकुमारको टोली अक्टोबर ३ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा पुगेको थियो ।

बहराइनी राजकुमारको आरोहण टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नगरिक सहभागी थिए । उक्त टोली गत सेप्टेम्बर १६ मा काठमाडौँ आइपुगेको थियो । आरोहण टोलीलाई मिङ्मा शेर्पा र टासी शेर्पासहित ५० जना नेपाली शेर्पाहरूको टोलीले सहयोग गरेको थियो ।

हिमाल आरोहण गर्नुअघि राजकुमार खालिफाको टिम दुई महिना नेपाल बसेको थियो ।

गत अगष्ट ३० मा नेपाल सरकार मन्त्रिपरिषद बैठकले राजकुमार खालिफाको टिमलाई मनास्लु र लोबुचे हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चार्टड उडानबाट नेपाल आउन दिने निर्णय गरेको थियो ।

गत मार्च २४ मा लकडाउन भएपछि नेपालका हिमाल आरोहण गर्न अनुमति पाउने यो नै पहिलो टोली हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : १८ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको