पेभिलियन मिडियाद्वारा बहराइनी राजकुमार खालिफाको सम्मान « Khabarhub

पेभिलियन मिडियाद्वारा बहराइनी राजकुमार खालिफाको सम्मान


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पेभिलियन मिडिया प्रालिले बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई सम्मान गरेको छ ।

राजकुमार खालिफाको टोलीले नेपालका मनास्लु र लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पेभिलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठले राजकुमार खालिफालाई सम्मान गरेका हुन् । अध्यक्ष श्रेष्ठले राजकुमार खालिफालाई उपहार प्रदान गरे ।

बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई सम्मान गर्दै पेभिलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठ ।

उक्त अवसरमा राजकुमार खालिफाले अध्यक्ष श्रेष्ठ र पेभिलियन मिडिया प्रालिलाई धन्यवाद दिए ।

राजकुमार खालिफा र उनको टोली यही अक्टोबर १५, बिहान ६ः१० बजे ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेको थियो । यसैगरी राजकुमारको टोली अक्टोबर ३ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा पुगेको थियो ।

बहराइनी राजकुमारको आरोहण टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नगरिक सहभागी थिए । उक्त टोली गत सेप्टेम्बर १६ मा काठमाडौँ आइपुगेको थियो । आरोहण टोलीलाई मिङ्मा शेर्पा र टासी शेर्पासहित ५० जना नेपाली शेर्पाहरूको टोलीले सहयोग गरेको थियो ।

हिमाल आरोहण गर्नुअघि राजकुमार खालिफाको टिम दुई महिना नेपाल बसेको थियो ।

गत अगष्ट ३० मा नेपाल सरकार मन्त्रिपरिषद बैठकले राजकुमार खालिफाको टिमलाई मनास्लु र लोबुचे हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चार्टड उडानबाट नेपाल आउन दिने निर्णय गरेको थियो ।

गत मार्च २४ मा लकडाउन भएपछि नेपालका हिमाल आरोहण गर्न अनुमति पाउने यो नै पहिलो टोली हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : १८ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक