नेकपा कर्णालीको विवाद: ओली र दाहालको फरक-फरक निर्देशन  | Khabarhub Khabarhub

नेकपा कर्णालीको विवाद: ओली र दाहालको फरक-फरक निर्देशन 


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ।

कर्णाली प्रदेश कमिटीको  विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।

अधक्षद्वयले एक-आपसमा बाझिने गरी फरक-फरक निर्देशन जारी गरेपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ।

अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएलगत्तै अर्का अध्यक्ष दाहालले ओलीले जारी गरेभन्दा फरक आशयको निर्देशन दिएका छन्।

ओलीले जारी गरेको निर्देशनमा प्रमुख सचेतक गुलाफजंग शाहमाथि गरिएको कारबाही फिर्ता लिन र पूर्ववत् अवस्थामा प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न भनिएको छ।

दाहालले कर्णाली प्रदेशका इन्चार्जका नाममा जारी गरिएको निर्देशनमा भने ४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश कमिटी र प्रदेश सरकारले समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरिएको छ। त्यही समझदारी अनुसार कार्यान्वयन गर्न दाहालले निर्देशन दिएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अन्त्यमा पाँच सांसदले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको छ।

कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

यस्ता छन् विज्ञप्ति

कार्यकारी अध्यक्ष दाहालद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ५१ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण