नेकपा कर्णालीको विवाद: ओली र दाहालको फरक-फरक निर्देशन  « Khabarhub

नेकपा कर्णालीको विवाद: ओली र दाहालको फरक-फरक निर्देशन 


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ।

कर्णाली प्रदेश कमिटीको  विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।

अधक्षद्वयले एक-आपसमा बाझिने गरी फरक-फरक निर्देशन जारी गरेपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ।

अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएलगत्तै अर्का अध्यक्ष दाहालले ओलीले जारी गरेभन्दा फरक आशयको निर्देशन दिएका छन्।

ओलीले जारी गरेको निर्देशनमा प्रमुख सचेतक गुलाफजंग शाहमाथि गरिएको कारबाही फिर्ता लिन र पूर्ववत् अवस्थामा प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न भनिएको छ।

दाहालले कर्णाली प्रदेशका इन्चार्जका नाममा जारी गरिएको निर्देशनमा भने ४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश कमिटी र प्रदेश सरकारले समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरिएको छ। त्यही समझदारी अनुसार कार्यान्वयन गर्न दाहालले निर्देशन दिएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अन्त्यमा पाँच सांसदले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको छ।

कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

यस्ता छन् विज्ञप्ति

कार्यकारी अध्यक्ष दाहालद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ५१ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ