दशैंसँगै मनाउन नपाएपछि डा. भण्डारीले पठाए माझी बस्तीका बालबालिकालाई उपहार « Khabarhub

दशैंसँगै मनाउन नपाएपछि डा. भण्डारीले पठाए माझी बस्तीका बालबालिकालाई उपहार


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत ६ वर्षसम्म निरन्तर ६ सय जना बालबालिकासँग रहेर दशैं मनाउँदै आएका कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले यसपालीको दशैंमा आफू अनुपस्थित रहेपनि दशैंको जोहो भने गरिदिने भएका छन् ।

गृहजिल्ला गुल्मीका विभिन्न स्थानका ६ सय बालबालिकाको जिम्मा लिएर उनीहरुलाई चाहिने अत्यावश्यकीय सामग्री प्रदान गर्नुका साथै हरेक वर्षको दशैं उनीहरसग मनाउनँदै आएका डाक्टर भण्डारीले यसपाली आफूले दशैं मनाउन नहुने भएपछि स्थानीय स्तरमा बनाइएको समितिमार्फत दशैंको टिका लगाइदिने बताएका छन् ।

लगातार ६ वर्षसम्म गुल्मीका सीमान्तकृत तथा अल्पसंख्यक बोटे, माझी र दलित समुदायसँगै दशैं मनाउँदै आएका डाक्टर भण्डारीले टीका लगाईदिएर रमाइलोमात्र गर्दैनन् आवश्यक पर्ने सामग्रीसहितको उपहार पनि दिने गर्छन् ।

उनी भन्छन्, ‘कोही त आउँदैछ दशैंमा भन्ने ती गरिब, असहायलाई पार्न सकियो भनेमात्रै पनि दशैंको सार्थकता हुने थियो । आशा जगाउने हो भने उनीहरुले पनि भोलिका दिनमा धेरै गर्न सक्नेछन् ।’

भण्डारीले ती समुदायका विद्यार्थी बालबालिकाहरुलाई उपहार स्वरुप शैक्षिक सामग्री तथा छात्रवृत्तिसमेत प्रदान गर्दै आएका छन् ।

उनले भने,‘कम्तीमा एक जनाले एक विपन्न विद्यार्थीको जिम्मा लिने हो भने उसको भविष्य सुनौलो हुन्थ्यो भन्ने सन्देश दिन पनि खोजेको हुँ ।’ डा भण्डारी भन्छन्, ‘दशैं तिहार जस्ता चाडपर्वले परिवारलाई अवश्य पनि खुशी दिन्छ तर त्योसँगै गाउँ समाजलाई पनि जोड्न सक्ने हो र गच्छेअनुसार अरुलाई सघाउने भावना उत्पन्न हुने हो भने दुनियाँ नै खुशी हुन्थ्यो भन्ने मेरो कामना हो ।’

उनले थालेको अभियानबाट ६ सय विद्यार्थीहरु लाभान्वित हुँदै आएका छन् । तर यसपटक ५९७ जनामात्र हुनेछन् । उनले दुःख बिसाउँदै भने, ‘तीन विद्यार्थी पहिरोमा परी मरे । दुःखी छु ।’

कोरोना भाइरसको महामारी र उनका बाबु ईश्वरीप्रसाद भण्डारी बितेकाले भण्डारी आफुले भने दशैं मनाउँदै छैनन् । उनले भने, ‘म शोकमा छु । म जिल्ला जान्न । काठमाडौंमै हुन्छु । तर मैले दशैं नमनाउँदैमा मेरो अभियान रोकिन्न । ती विद्यार्थीको मुहारको हाँसो रोकिन्न । समिति बनाएको छु । त्यो समितिले काम गर्छ । नमूना दशैं यसपटक पनि नमूना नै हुन्छ ।’

डा.भण्डारीका अनुसार नवमीका दिन दशैंको तयारी सकिसक्ने र दशमीका ६ स्थानमा दशैंको टीका लगाइदिने कार्यक्रम रहेको बताए । अनन्त पौडेलको अध्यक्षतामा गठित समितिले यसपालिको दशैंको व्यवस्थापन गर्ने डाक्टर भण्डारीको भनाइ छ । हुँगाको झेर्दी, रुपाकोट, बालविकास केन्द्र मजुवा, आँटीपाटा बम्घा र बम्घाकै लक्ष्मी निमाविमा टीका लगाउने कार्यक्रम रहेको छ । त्यस्तै दशमीका दिन बलिथुमको मादी प्राविमा टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : २१ बजे

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी