काठमाडौँ- सबैभन्दा तितो तरकारी करेला, धेरै कम मात्रालाई मन पर्ने गर्दछ । यसको स्वादका कारण धेरैले यसलाई रुचाउँदैनन् । यद्यपि केही भने करेला भनेपछि हुरुक्कै हुन्छन् ।
स्वाद तितो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि पाइन्छ । यस्तोमा करेलाको सेवनले निम्न लाभ पुर्याउने गर्दछ ।
१. लगातार तौल बढिरहेको छ भने करेला सेवन निकै लाभदायक हुन्छ, यसको सेवनले केहि मात्रामा वजन घटाउन मद्दत पुग्दछ ।
२. यसको सेवनले इन्सुलिनको मात्रा र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ ।
३. करेलाको सेवनबाट इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन ।
४. करेलामा फाइबरको मात्रा हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन ।
५. यसमा पानीको मात्रा उच्च हुन्छ, तसर्थ यसको सेवनले शरीरमा फाइदा पुर्याउँछ ।
६. करेलाले बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।
७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रासमेत धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ ।-एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया