आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

आजको दिन मध्यम खालको छ । दुःख, सुख राम्रो नराम्रो सबै बराबरखालको समय छ । नयाँ कामको सुरूवात भएपनि उत्साह त्यति नहुँन सक्छ । आर्थिक पक्ष सबल नै रहने छ । खर्च पनि बढ्नेछ । पारिवारिक सद्भाव बढे पनि प्रेमी प्रेमिकाबीच खटपट हुन सक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला

बृष

अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । आम्दानीका स्रोत बढ्नेछन् । दाजुभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । सरकारी निकायबाट भय भए पनि मुद्दामामिलामा तपाईँकै जित हुनेछ । पितासँगको सल्लाहमा गरेको काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र ठीकै होला । सन्तान सुख मिल्ला ।

मिथुन

विपरित वर्गप्रतिको आकर्षण बढ्ला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । खर्च बढ्नेछ । मन मिल्नेहरूबीच लामो यात्राको योजना बन्न सक्नेछ । कृषि क्षेत्रका काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र सोचेजस्तो नहोला । वैदेशिक क्षेत्र सफल रहला । श्रीमान श्रीमतीबीचको सम्बन्ध सुधार हुनेछ । छोराछोरीको स्वास्थ्यका कारण चिन्ता बढ्न सक्नेछ ।

कर्कट

धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ख्याल नगर्दा स्वास्थ्य विग्रन सक्नेछ ।

सिंह

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

 कन्या

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।

 तुला

बिद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अघि बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । बेलुकापखबाट स्वास्थ्यमा समस्या आउन सक्नेछ ।

बृश्चिक

साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।

 धनु

अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला । सुभ समाचारले मन हर्षित होला ।

 मकर

अनावश्यक झै झमेलामा फसिएला । खर्च बढ्नेछ । दिनको उत्तरार्धमा सुखद् समाचार सुन्न पाइएला । नजिकको मित्रबाट सहयोग रहनेछ । प्रेमी प्रेमिकाबीच पुनर्मिलनको योग छ । यात्रामा साबधानी अपनाउनु होला । शैक्षिक क्षेत्र ठीकै रहनेछ ।

कुम्भ

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ ।

मीन

आकस्मिक धन लाभ होला । शत्रुहरू परास्त हुनेछन् । विरोधीहरूले तारिफ गर्न थाल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अग्रजको साथ सहयोगले आत्मबल बढ्नेछ । नयाँ काम गर्नेहरूका लागि शुभ अवसर छ । योजना गोप्य राख्नु हितकर हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : २९ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित