महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण ! « Khabarhub

महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वास्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ ।

तर, के तपाईले प्रहरीमा भर्ती हुन महिलाको कुमारित्व नापिएको खबर सुन्नु भएको छ ? यदि छैन भने हामी तपाईलाई त्यो बारेमा जानकारी दिन्छौँ ।

इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्व जाँच गर्ने अनौठो चलन छ ।

त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जिनिटी’ चेक गरिन्छ । चेकमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

अनौठो र रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई औँले’ जाँच भनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौनागङ्मा दुई औँला हालेर चेक गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए वा नच्यातिएको थाहा हुने सञ्चारमाध्यामहरुको भनाइ छ । ।

इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् ।

इन्डोनेशियामा प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारीरिक रूपले आकर्षक देखिनुपर्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : ४९ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा