महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण ! « Khabarhub

महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व परीक्षण !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वास्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ ।

तर, के तपाईले प्रहरीमा भर्ती हुन महिलाको कुमारित्व नापिएको खबर सुन्नु भएको छ ? यदि छैन भने हामी तपाईलाई त्यो बारेमा जानकारी दिन्छौँ ।

इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्व जाँच गर्ने अनौठो चलन छ ।

त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जिनिटी’ चेक गरिन्छ । चेकमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

अनौठो र रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई औँले’ जाँच भनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौनागङ्मा दुई औँला हालेर चेक गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए वा नच्यातिएको थाहा हुने सञ्चारमाध्यामहरुको भनाइ छ । ।

इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् ।

इन्डोनेशियामा प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारीरिक रूपले आकर्षक देखिनुपर्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : ४९ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा