बोलेरोको ठक्करबाट पैदलयात्रको मृत्यु « Khabarhub

बोलेरोको ठक्करबाट पैदलयात्रको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको विर्तामोडमा हिजो साँझ बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा तेह्रथुम आठराई घर भई हाल विर्तामोड बुट्टाबारी बस्ने अन्दाजी ३२ वर्षका केवल खवास रहेका छन् ।

उनलाई आइतबार साँझ सवा ६ बजेतिर पूर्वपश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ मा मे १ ज ३११९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते खवासको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : १२ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा