समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग « Khabarhub

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । 

बुधबार समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन संकलन गर्ने काम भइरहेको र त्यसलगत्तै समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या यकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताए ।

समानुपातिक तर्फ रास्वपाले करिव साढे ५१ लाख मत प्राप्त गरेको छ, त्यस्तै कांग्रेसले साढे १७ लाख, एमालेले साढे १४ लाख, नेकपाले ८ लाख मत प्राप्त गर्दा श्रम संस्कृति पार्टी र राप्रपाले थ्रेस होल्ड कटाउन सफल भएको छ ।

दलहरूबाट प्राप्त उम्मेदवार सिफारिस रुजु गरेर समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची तय गरिने आयोगका प्रवक्ता भट्टराईले बताए । त्यस्तै उनले निर्वाचनका सबै काम अन्तिम चरणमा पुगेकाले आयोगमा स्थापना गरिएका अतिरिक्त संरचनाहरू बन्द गरिएको जानकारी दिए ।

अतिरिक्त संरचनाहरूमा काम गरेका कर्मचारीहरूलाई आयोगले सम्बन्धित कार्यालयमा फिर्ता गरिएको उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ३९ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक