प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुँदै   « Khabarhub

प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुँदै  


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ  जाँदैछन् ।

बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ ।

ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए ।

ती कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने छन् ।

यस्तै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आजै झापा पुग्दैछन् ।

झापामा मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण योजनाहरुका बारेमा जानकारी लिनेछन् ।

मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वालसमेत सहभागी हुने छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ५३ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल