निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने « Khabarhub

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजामती कर्मचारीले अब निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् ।

बहालवाला सचिवसहितका उच्च अधिकारीहरू नै निजी इन्स्टिच्युटमा पढाउन व्यस्त हुँदा कामकाजमा असर गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

उच्च तहका कर्मचारी निजी इन्स्टिच्युटमा ब्यस्त हुँदा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना भएपछि त्यस्तो काम गर्न रोक लगाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय भएको मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : २५ बजे

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं– बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक

इरानले अब गुगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई पनि निशाना बनाउने

काठमाडौं- इरानले अब मध्यपूर्वमा रहेका अमेरिकी प्रविधि कम्पनीलाई पनि निशाना

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको