उत्तर कोरियाली शासक किमका भतिजा सीआईएको नियन्त्रणमा « Khabarhub

उत्तर कोरियाली शासक किमका भतिजा सीआईएको नियन्त्रणमा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाली शासक किम जोङ उनका भतिजा किम हान सोललाई अमेरिकाको जासुसी एजेन्सी सीआईएको नियन्त्रणमा लिएको छ ।

बेलायती अखबार द सनका अनुसार किम हान सोललाई अमेरिकी जासुसी एजेन्सी सीआईएले आफ्नो सुरक्षा घेरामा राखेको हो ।

उनलाई के कति कारणले सीआइएले नियन्त्रणमा  लियो भन्ने केही खुलाइएको छैन । सीआईएले समेत यसबारे केही खुलाएको छैन ।

किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । किम जोंग नामको हत्या किम जोंग उनले नै गराएको विश्वास गरिन्छ ।

किम हान सोललाई उत्तर कोरियाको वास्तविक उत्तराधिकारी मानिन्छ । हान सोल यसअघिका उत्तर कोरियाली शासक (किम जोंग उनका पिता) किम जोंग इलका जेठा छोराका छोरा हुन् ।

उत्तर कोरियाको सरकारविरोधी भूमिगत आन्दोलनमा फ्रि जोसनले हान सोलका पिताको हत्या भएपछि उनी भागेका थिए ।

२०१७ मा किम जोंग नामको हत्यापछि हान सोलको मकाउस्थित घरको सुरक्षा गर्ने पुलिस गायब भएपछि हान सोलले फ्रि जोसनको सहयोग मागेको बताइन्छ ।

हान सोललाई त्यो घटनाको ३ महिनापछि एक युट्युब भिडियोमा देखिएको थियो । त्यसयता उनी बेपत्ता भएको बताइदै आएको छ ।

२५ वर्षका हान सोलले अत्यन्तै विलासी जीवन बिताउने गरेको विश्वास गरिन्छ । पिताको हत्यापछि हान सोल नेदरल्याण्डको एम्सटर्डममा शरण लिएर बसेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ०६ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर