हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो ।

चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।

श्रीमती भने भागेर बच्न सफल भएकी थिइन् ।

योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ४५ बजे

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन

गुल्मी– नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५