बलिथुङमा एक घर, एक धारा जडान « Khabarhub

बलिथुङमा एक घर, एक धारा जडान


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सुन्दरबजार नगरपालिका– ८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु ५९ लाख ८५ हजार ८८८ र च्वाइस नेपाल जिल्ला शाखा लमजुङको रु ११ लाख आर्थिक सहयोगमा यहाँका ५५ घरमा घरैपिच्छे धारा जडान गरी पानी झारिएको छ ।

टोलमा खानेपानीको कुनै स्रोत नहुँदा दुई घण्टा समय धाउनुपर्ने बाध्यता घरैपिच्छे धारा जडानले सहज बनाएको छ । एकहत्तर वर्षीया आइतमाया नेपालीले भनिन्, “हामीलाई गाउँमा धेरै पानीको दुःख थियो । म बूढी मान्छे गाग्रीमा पानी बोकेर टाढाबाटा ल्याउन पनि नसक्ने तर नल्याएर पनि सुख थिएन । अहिले घरमै धारा जडान गरेर पानी आएपछि त धेरै सहज भएको छ । ”

उनी मात्र होइन यहाँका अन्य बूढापाका तथा बालबालिकालाई समेत बढी फाइदा पुगेको छ । सबैले भने जति पानी उपयोग गर्न पाएको स्थानीयवासी बताउँछन् । वडाध्यक्ष कृष्णकान्त अधिकारीले भने, “हामीलाई सबैभन्दा ठूलो आवश्यकता खानेपानीको थियो, अहिले पूरा हुँदा सबैलाई सहज भएको छ ।”

विगतमा यहाँका बासिन्दाले खानेपानी अभावले डेढदुई घण्टा टाढा बूढी कुवा, वीरस्वाँरा र बेँसीशहर नगरपालिका–१ नयाँ गाउँसम्म पानी बोकेर ल्याउने गरेको उनले बताए ।

वडाध्यक्ष अधिकारीका अनुसार सो टोलमा मात्र नभई वडाका अन्य स्थान रामदी, अकला र घोक्रेस्वाँरामा एक घर एक धारा जडान भइरहेको छ । रामदीका ८५ घरमा घरैपिच्छे धारा जडान गरी पानी पुर्‍याउनका लागि हाल रु ५० हजार र रु २० हजारको खानेपानी ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष अधिकारीले बताए ।

यहाँ च्वाइस नेपालले रु ३५ लाखको लागतमा घरघरमै धारा पुर्‍याउन लागेको संस्था लमजुङका संयोजक सुकराम दुलालले बताए । त्यस्तै अकलाका १६० घरमा च्वाइसले नै रु ५३ लाखमा घरैपिच्छे धारा पुर्‍याउने भएको छ । सो घरका लागि रु एक लाख बराबरको ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै प्रदेश सरकारको लगानीमा घोक्रेस्वाँरामा ४७ घरमा घरैपिच्छे धारा जडान तीव्रगतिमा भएको छ । रु १०–१० हजारका तीन ट्याङ्की निर्माण गरी सो घरमा धारा जडान गरेर पानी लैजाने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष अधिकारीले बताए ।

प्रदेश सरकारले लिएको लक्ष्य पछ्याउँदै जिल्लाका विभिन्न गाउँ तथा टोलमा एक घर एक धारा अभियान धमाधम लागू भइरहेको छ । प्रदेश सरकारले प्रदेशकै पाँच लाख १७ हजार घरमा पानीको धारा पुर्‍याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार प्रदेश सरकारले सबै जिल्लामा लगानीसमेत गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ३२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,