सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ « Khabarhub

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष सांसद पाण्डेले शपथ लिएका हुन् ।

सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट २०३७ राजनीतिमा प्रवेश गरेका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र सङ्घीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने बताए । उनले भने, “संसदको गरिमालाई उच्च बनाउँदै प्रतिपक्षको भूमिकालाई सशक्त बनाएर आमजनताका बीचमा जेजस्तो धारणा विकास भएको छ, त्यसलाई चिर्दै सशक्त प्रतिपक्षको उचाइ दिन म प्रयत्न गर्ने छु ।”

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ३ : १४ बजे

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन

होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क