भारतीय विदेश सचिव हर्षवर्द्धनले मंसिर ११ गतेबाट नेपालको दुई दिने भ्रमण गर्दै « Khabarhub

भारतीय विदेश सचिव हर्षवर्द्धनले मंसिर ११ गतेबाट नेपालको दुई दिने भ्रमण गर्दै


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही मंसिर (११ र १२ गते) अर्थात नोभेम्बर २६ र २७ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।

गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेलसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ ।

‘भारतले सीमा समस्या समाधान सँगसँगै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन ठोस सहमति गर्न खोजेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘भारतले नेपाली जनताले देख्ने गरी ठूला परियोजनालाई समेत अगाडि बढाउन खोजेको देखिन्छ । विकास साझेदारी बढाउन चाहेको छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले समेत नेपाल भ्रमण गरेका थिए ।

यस्तो छ ट्वीट

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी