पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु, अर्की युवती घाइते « Khabarhub

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु, अर्की युवती घाइते


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।

वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेका छन् ।

पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।

ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन । उनको अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : २२ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन