मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण « Khabarhub

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले इजरायल र अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै नयाँ चरणको शक्तिशाली आक्रमण सुरु गरेपछि यस क्षेत्रको सुरक्षा अवस्था निकै नाजुक बनेको छ ।

पछिल्लो केही घण्टामा इरानले इजरायली र अमेरिकी लक्ष्यहरूमाथि आक्रमण गरेको हो । फ्रान्सेली समाचार एजेन्सी (एएफपी) का अनुसार इरानी सरकारी सञ्चारमाध्यमले यस पटकको आक्रमण द्वन्द्व सुरु भएयताकै ठूलाे भएको दाबी गरेका छन् ।

इजरायलले आफ्नो आकाशमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरेको पुष्टि गरेको छ । यद्यपि, केही समयपछि इजरायली सेनाले नागरिकलाई बमबारीबाट बच्न बनाइएका सुरक्षित सेल्टरबाट बाहिर निस्कन सुरक्षित रहेको जानकारी दिएको थियो ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले इरानका १६ वटा खानी बिछ्याउने पानीजहाजलाई ध्वस्त पारिदिएको दाबी गरेको छ । इरानको यो कदमले सामुद्रिक मार्गमा ठुलो अवरोध सिर्जना गर्न सक्ने भन्दै अमेरिकाले जवाफी कारबाही गरेको हो ।

द्वन्द्वको राप अन्य छिमेकी मुलुकसम्म पनि फैलिएको छ । साउदी अरबले आफ्नो तेल खानीतर्फ लक्षित गरी पठाइएका दुईवटा ड्रोनलाई बीचैमा नष्ट गरिदिएको जनाएको छ । यस्तै, अमेरिकी जलसेनाको पाँचौँ बेडको मुख्यालय रहेको बहराइनमा पनि सम्भावित आक्रमणको खतरालाई लिएर साइरन बजाइएको छ ।

इरान र इजरायलबीचको यो प्रत्यक्ष टकरावले विश्व राजनीति र अर्थतन्त्रमै नयाँ चुनौती थप्ने देखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ११ : १३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक